नेपालकै पहिलो सुरुङमार्ग भोलीदेखि शुरू

४ बर्ष अगाडि

काठमाडौं- नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य भाेलीदेखि शुरू हुने भएकाे छ ।   

दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा निर्माण सुरु भएको थियो ।  सुरुङमार्ग निमार्णमा  २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने आयोजनाले जनाएको छ ।

सोमवार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग  शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए । 

सुरुङ मार्ग, प्रवेश मार्गसहित ५.५६ किमीको हुनेछ । 

आयोजना निर्देशक श्यामप्रसाद खरेलका अनुसार ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमा खर्च हुनेछ । हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । 

धादिङ धुनिवेशीनगरपालिकाका प्रभावितलाई  मुआब्जा वितरण गर्ने प्रकृया पनि चाडै नै सुरु गरिनेछ । मुआब्जा दिने सम्बन्धमा निर्णय भैसकेको छ ।


चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक सुरुङ मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने छ ।  

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया