इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत् आयोजनालाई ३७ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बुढीगण्डकी आयोजना बनाउने भन्दै सरकारले आर्थिक वर्ष २०७२र७३ जेठदेखि इन्धनमा कर लगाउन थालेको हो।
आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार २०७२र७३ को डेढ महिनामै १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ संकलन भएको थियो । २०७३र७४ मा ९ अर्ब ४२ करोड ७६ लाख, २०७४र७५ मा बढेर ११ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ।
२०७५र७६ मा ११ अर्ब ९५ करोड ६ लाख र चालु आर्थिक वर्षको साढे ३ महिनामा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ संकलन भएको साहले बताए। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई प्रत्यक्ष भार नपर्ने गरी भन्सार विन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले कर लगाउने निर्णय गरेका थिए । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया