किम जोङ्ग उनलाई संसारको ध्यान आफूतर्फ तान्न मिसाइल चलाउन पर्दैन

६ बर्ष अगाडि

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनलाई संसारको ध्यान आफूतर्फ तान्न मिसाइल चलाउन आवश्यकता छैन ।
उनीसँग कयैन शक्तिशाली हतियार छन् । यो हतियार भने यान्त्रिक नभई उनको महिला दूत हुन जसको उति नै चर्चा हुने गर्छ जति उनको मिसाइलको ।
यी मध्य पनि आजकल सबैभन्दा बढी चर्चा छिन् उनको बहिनी किम यो जोंग । किम यो जोंगले दक्षिण कोरियाली दर्शकको ध्यान आफ्नो तर्फ तानिन । जब उनले आफ्नो दाईको संदेश लिएर दक्षिण कोरियाको राष्ट्रपति भवनमा कदम राखिन , टि.भी.मा उनको हरेक हाउभाउलाई देखाइयो ।
किम यो जोंगको चमकिलो कपडा , उनको कपाल र उनको हाउभाउको टि.भी. च्यानलहरुमा चर्चा भइरहदा उनी विश्वको कयैन देशमा कालो सूचीमा रहेकी व्यक्ति हुन भनेर एक क्षण सबैले बिर्सिए ।
जब किम यो जोंगले दक्षिण कोरियाको पियोङ्गचेङ्गमा भइरहेको ओलम्पिक मा प्रवेश गरिन दर्शकहरुको घाटी र तिनको मोबाइल उनी तर्फ मोडियो ।
उनी रहस्यमयी देशको एक मानवीय अनुहार बनेर निस्किइन । भिडमा रहेकी यो रिपोर्टरलाई एक युवकले भने ,“यसले चमत्कार र आश्चर्यचकित गर्नेछ । मैले यो उत्तर कोरियालाई देखेको थिइन् । ” उनी पियोङ्गचेङ्गमा आफ्नो भाईको छवि सुधार्न आएकी थिइन । तर उनले मिडियामा पुरा आफ्नो देशको छवि बदलिदिइन ।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका प्योङ्गयाङ्ग ब्यूरो चिफ जीन ली भन्छन् ,“दक्षिण कोरियाका जनताका लागि यो एक असामान्य घटना थियो ।”
जीन ली भन्छन् “उनले सबैभन्दा सुन्दर महिलालाई यहाँ पठाए । जब तपाई उत्तर कोरिया जानुहुन्छ यस्तै सुन्दर महिलाहरु तपाईलाई रिझाउन पठाएइन्छ ।”
“तिनको काम नै तिनको देश र त्यहाँको जनता त्यति खराब छैनन् भन्ने पार्नु हुन्छ ।”
छवि सुधारको काम केही दिन पहिलेबाट शुरु भएको थियो जब उत्तर कोरियाका महिला ब्याण्ड दक्षिण कोरियाको राजधानी सियोल आइपुगे । 
उत्तर कोरियाको ‘आर्मी अफ व्यूटी’ दक्षिण कोरिया पुगे लगतै सुन्दर देखिन तीब्र चाह गर्ने दक्षिण कोरियालीहरुको ध्यान आफूतर्फ ताने । तिनलाई देखेर कत्ति पाका उमेरका दक्षिण कोरियालीहरुले बिना मेकअप सुन्दरतामा जोड दिने आफ्ना यौवन दिन सम्झिए ।
उत्तर कोरियाकी चीयरलीडर ग्रुपकी पूर्व सदस्य रहिसकेकी हैन सो–हे भन्छिन् ,“हामीबाट उत्तर कोरिया समाजवादी आत्मनिर्भर देश हो भनेर प्रदर्शन गरिने आशा गरिन्छ । यो आशा गरिन्छ कि हामी दुश्मनको मनमुटुमा असर गरौं साथै यो आशा पनि गरिन्छ कि हामी आफ्नो पहिचानमा गर्भ गर्छौ भनेर देखाउँ ।”
हैन सो–हेलाई तब उत्तर कोरिया छाड्नु प¥यो जब उनको भाई उनको देश निकालामा प¥यो । यदि उनी त्यही रहेको भए उनी र उनको परिवारलाई जेल सजायँ हुने थियो । हाल हैन सो–हे दक्षिण कोरियामा स्वतन्त्र जीवन बिताइरहेकी छिन् ।
उनी उत्तर कोरियामा ट्रेनिङ्गका दिनहरु सम्झदै भन्छिन् “हामीलाई बताइन्थ्यो कि हामी अर्को देशमा आफ्नो देश र आफ्नो नेता किमको सम्मान बढाउन जादैं छौं । मेरी एक साथी भन्थीन कि उनी आफ्नो देश नभुल्न आफ्नो सुटकेसमा आफ्नो देशको माटो र किम जोङ्ग उनको बुवा(तत्कालिन राष्ट्रपति)को सानो मुर्ति लिएर हिड्छिन् ।”
पियोङ्गचेङ्गमा आइस हक्की म्याचको दौरान दुवै देशको सास्कृतिक अन्तर देख्न पाइयो । 
दक्षिण कोरियाका चियरलीडर छोटो स्कर्ट र बूटमा ‘सेक्सी डान्स’ गरेको देखिदां उत्तर कोरियाली चियरलीडर देशभक्तिपुर्ण धुनले उत्साह बढाइरहेका थिए ।
हैन सो–ही २००३ को एक घटनाको सम्झना गर्दै डराउछिन् । उनी भन्छिन् “जब चीयरलीडर दक्षिण कोरिया ओर्लियो, वर्षा भइरहेको थियो । एक चियरलीडरको हातमा किम जोङ्ग इलको झण्डा थियो , उनी भीजिन ।” “त्यसपछि सबै चीयरलीडर आफ्नो बसबाट उत्रिए र झण्डालाई भिज्नबाट बचाउने कोसिसमा लागे । दक्षिण कोरियाको जनतालाई यो अचम्म लाग्यो । यस्तो अन्तर छ उत्तर र दक्षिण कोरियाबीच । ”
उत्तर कोरिया मामिलाका जानकार इयान ब्रेमरले ट्वीटरमा लेखेका छन् “उत्तर कोरियका चीयरलीरले बबाल प्रदर्शन गरे । तर ति जनता एक अपराधिक देशका बन्धक हुन् । यस कुराले मन दुखाउछ ।”
यस्तो लाग्छ उत्तर कोरियाले सबैको मन लोभ्याउन सकेको रहेनछ ।
बीबीसी

६ बर्ष अगाडि

प्रतिक्रिया