ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जाको आवश्यक रहेको बताएका छन् ।
राजधानीमा विहिबारबाट सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको बताए। ‘लगानीका लागि उपयुक्त र अनुकुल समय भएको र लगानीको सुरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने,’ ‘आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता बढ्दै गएको छ ।’उनले उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकाले भारत र बंगलादेशको बजार खोज्नुपरेको बताए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान)को संयोजनमा बिहीवारबाट ऊर्जा सम्मेलन (पावर समिट) २०१९ शुरु भएको हो ।
‘पाउरिङ द एसियन सेन्चुरी’ नारा दिइएको सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीनलगायत देशका मन्त्री तथा प्रतिनिधिको सहभागिता छ ।
आगामी शुुक्रवारसम्म चल्ने सातौं संस्करणको सम्मेलनमा आठ ओटा सम्झौतामा हस्ताक्षर हुने अनुमान छ ।
प्रतिक्रिया