भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेवा)को विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्ने निश्चित भएपछि क्षेत्रीय विद्युत् व्यापारको ढोका खुलेको छ । आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट विद्युत् किन्न विद्युत् खरीद/विक्री सम्झौता ९पीपीए० अन्तिम चरणमा पुगेको हो ।
जीएमआरले १० वर्षअघि माथिल्लो कर्णालीको निर्माणको अनुमति पाए पनि सो आयोजनाबाट उत्पादित विद्युत् कहाँ विक्री हुने भन्ने टुंगो नलाग्दा आयोजना निर्माणको चरणमा जान नसकेको कम्पनीले बताउँदै आएको थियो ।
दक्षिण एशिया क्षेत्रभित्रका बंगलादेश, भुटान, भारत र नेपालको उपक्षेत्र बीबीआईएनका देशहरूबीच अन्तरदेशीय विद्युत् आबद्धता (कनेक्टिभिटी) तथा व्यापारको अवधारणा यसअघि नै आइसकेको छ । तर, जीएमआर र बंगलादेशबीच हुन लागेको माथिल्लो कर्णालीको विद्युत किनबेच यस क्षेत्रकै पहिलोे त्रिदेशीय विद्युतीय व्यापार हुनेछ । हालसम्म भारत–नेपाल, भारत–बंगलादेश र भारत–भुटान द्विदेशीय विद्युत् व्यापार मात्रै हुँदै आएको छ ।
आर्थिक अभियानबाट
प्रतिक्रिया