केपी ओलीले १० अर्ब कमिसन खाएर एनसेललाई ६२ अर्व कर छुट दिए : मीन विश्वकर्मा

मंगलबार, १० मंसिर २०७६, १२ : ३६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले वर्तमान कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपि ओलिले एनसेल कम्पनीबाट १० अर्ब कमिसन लिएर ६२ अर्ब कर छुट दिएको आरोप लगाएका छन । 

उनले भने ”धरानका बगरकोट, सुमनटार, दानाबारी , पानवारी, बिष्णुपादुक लगाएतका देशभरका मजदुर, किसानसंग कर लिन्छ तर कन्टेनरमामा नअट्ने ६२ अर्व रकम राजस्व एनसेललाई छुट दिन्छ“ । सोमवार धरान १५ बगरकोट स्थित त्रिवेणी चौकमा आयोजीत नेपाली कांग्रेसको चुनाबी कोण सभामा बोल्दै पुर्व मन्त्री समेत रहेका सोही वडाबासी बिश्वकर्माले वर्तमान सरकारले ६ अर्व वाइडबडीमा र १२ अर्ब फोरजी नेटमा पनि भष्टा«चार गरेर आरोप लगाए । 

उनले भने नेपाली कांग्रेसको सरकारमा मेरो संयोजकमा ल्याएको जनता आबास कार्यक्रम कम्युनिष्टले स्थगित बताए । धरानमा मेरो नेत्रित्वमा ५ सय गरिब जनतालाई घर बनाए तर  केही घरहरु कम्युनिष्ट सरकारका कारण बन्न सकेको छैन । अब धरानबासीको मन र मत बदलिनु पर्छ । कम्युनिष्टको अर्थ कर हो । आम्दानी छैन तर पनि कर दिनु पर्ने  रोजगारी छैन कर दिनु पर्ने यो सरकारले बिकास गर्दैन , कर लिन्छ । धरानबासीलाई २८ बर्ष देखि  आश्वासन मात्र दिएको छ  ,बिकास छैन । उनिहरुलाई डर छ सुकुम्बासीहरु नगरबासी भए भने हामी सकिन्छौ भनेर । त्यसैले उनिहरुले सुकुम्बासीलाई धनि पुर्जा दिदैन उनिहरुले सुकुम्बासीलाई झुक्याउन सेतो पुर्जा दिएर भोट लिइ रहन्छ । उनले भने नेपाली सम्पन भए पछि कम्युनिष्ट आफै सकिन्छ । 
शिक्षा, स्वास्थ्य, आवास ,खाद्या सुरक्षा , रोजगार कांग्रेसको निति छ तर  हामीले बुझाउन नसक्दा हामी हारेको हो । तर अब जनताले बुझ्न थालि सकेका छन उनले भने ।

त्यस्तै नेपाली कांग्रेस महा–समिति सदस्य उमेश थापाले तिलक राई धरानबासीको चाहान रहेको बताए । उनले भने कम्युनिष्टलाइ पटक पटक हेर्नु भयो अब परिवर्तन पक्षको संवाहक कांग्रेसलाई बिजयी गराउनु पर्छ  । तिलक राईले मात्र धरानको बिकास हुन्छ । धरानमा कम्युनिस्टको मनोपरी तन्त्र हाबि छ । यसले धरानको बिकासको बाधक भनि रहेको छ । त्यसैले कांग्रेसका उम्मेदवार तिलक राईलाई भोट दिएर बिजय गराउन थापाले आग्रह गरे ।

कोण सभामा बोल्दै अब्यबस्थित बसोबास समितिका महा–सचिब सुबास राईले धरानमा कम्युनिष्टले जिते पनि धरानबासी हारी रहेका बताए । उनले भने ”२८ बर्ष शासन गरेको कम्युनिष्टले धरानलाई लथालिङ्ग बनाएको छ । बगरकोटको अबस्था उस्तै छ । मरुभूमि बाट हरावरा बनाउन कांग्रेसले जित्न आवश्यक छ । २८ बर्ष सम्म नौ बटा निर्वाचनमा कम्युनिष्टलाई भोट लगाउनु तपाईंहरुले के पाउनु भयो भन्दै उनले यसपाली कांग्रेसलाई भोट दिएर धरानलाई समृद्ध बनाउने योजनामा परिवर्तनको पक्षमा उभिन उनले आग्रह गरे । 

राईले भने  सुकुम्बासीलाई धनि पुर्जा दिन्छु भनेर कम्युनिष्टले भोट लिइ रहेको बताए । अब फेरि उनिहरु धनिपुर्जा  बाड्छु भन्दै घर नम्बर लिएर आउलान भन्दै सचेत रहन आग्रह गरे । यो उनिहरुको बाहाना मात्र हो । उनले भने कम्युनिष्टका केन्द्रीय नेता देखि धरानका कम्युनिष्ट नेता सम्म खराब छन । सुकुम्बासीलाई पुर्ण रुपमा बेवास्ता गरेको छ । दुई अर्बको बजेटमा एक करोड बजेट पनि सुकुम्बासीलाई बजेट छुट्याएको छैन । 

१७ हजार मान्छे मार्ने २५ हजार बेपता गर्ने पार्टीलाई भोट नदिन उनले आग्रह समेत गरे ।कोण सभामेै स्थानिय कम्युनिष्टका कार्यकर्ता कल्याण कार्की,  दावालाकी शेर्पा, मैयाँ गीरी, बिर बहादुर दर्जी, बिनोद ढकाल, लिलाबहादुर ल्वागुन, जनक गुरुङ , चन्द्रकला बिश्बकर्मा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनिहरुलाई केन्द्रीय सदस्य मिन विश्बकर्मा सहितका नेताहरुले फुल माला अवीर लगाएर स्वागत गरेका थिए । क्षेत्र नं १ का सचिब महेन्द्र प्रधानको संयोजकत्वमा कोण सभा आयोजना भएको थियो ।
 

मंगलबार, १० मंसिर २०७६, १२ : ३६

प्रतिक्रिया