प्राधिकरणलाई रुवाएको खिम्तीको ५० प्रतिशत स्वामित्व सरकारको नाममा आउँदै

मंगलबार, १० मंसिर २०७६, १३ : ४९

काठमाडौ – नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक रुपमा एक अर्ब भन्दा बढी घाटा पुर्याउँदै आएको नर्वेजिन लगानी रहेको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रशित हिस्सा अब नेपाल सरकारको स्वामित्वमा आउने भएको छ । नर्वेको स्टेटक्राफ्ट कम्पनीले निर्माण गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना आगामी असारदेखि सरकारको स्वामित्वमा आउने भएको छ ।

विद्युत प्राधिकरण र खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडबीच सन २०२० को जुलाइदेखि खिम्तीको आधा स्वामित्व हस्तान्तरण हुने र हालका अमेरिकी डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता  पनि सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले  खिम्ती आयोजनाबाट महंगोमा विद्युत् खरीद गरेको छ ।

हिमाल पावरले २ वर्षअघि नै पीपीएका लागि विद्युत प्राधिकरणमा आवेदन दिएको थियो । विद्युत प्राधिकरणले पीपीएका लागि एक कार्यदल गठन गरेको जनाएको छ  । प्राधिकरणले बेग्लै कम्पनी गठन गरेर आयोजना सञ्चालनको तयार गरेको छ ।  सन २००० जुलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । 

डलर असाध्यै महंगो छ । अमेरिकी डलरका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । खम्तीको बिजुली खरिदमा विद्युत प्राधिकरणले नोक्सान व्योहर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ ।विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ ।

विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक रु ४८ करोड बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्ने गरेको छ । 

मंगलबार, १० मंसिर २०७६, १३ : ४९

प्रतिक्रिया