मध्य मेवामा ६ बैंकले ७ अर्ब लगानी गर्दै

विहीबार, १२ मंसिर २०७६, १२ : ३७

काठमाडौं । कूल  ४९ मेगावाट क्षमताको  मध्य मेवा जलविद्युत आयोजनामा आधा दर्जन बैंकहरुले संयुक्त ऋण लगानी गर्ने भएका छन ।  हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चर बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, नेपाल एसबीआई बैंक र सानिमा बैंकले गरी रु ६ अर्ब ९५ करोड लगानी गर्ने भएका हुन ।

आयोजा बनाउन रु ९ अर्ब २६ करोड अनुमान गरिएको छ । बाँकी रहेको रु १ अर्ब ९५ करोड लगानी स्वपुँजीबाट जुटाइने कम्पनीले जनाएको छ ।  आयोजनाबाट २०८० असोज ६ गते बिजुली उत्पादन हुने जानकारी दिए ।  बैंक र निर्माता कम्पनी मेवा डेभलपर्स प्राइभेट लिमिटेडबीच आज  ऋण लगानी सम्झौता गरिदैछ ।

अर्धजलासययुक्त आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । पानीको वहाव प्रति सेकेन्ड १२.५ घनमिटर र हेड ४७५ मिटर हुने छ । विद्युतगृहमा १६.८ मेगावाट क्षमता ३ ओटा टर्वाइन रहनेछन् । 

विहीबार, १२ मंसिर २०७६, १२ : ३७

प्रतिक्रिया