सुनचाँदीको मूल्य घट्यो

सोमबार, १६ मंसिर २०७६, १४ : ०२

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य  घटेको छ । आइतबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७१ हजार ४०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७१ हजार १०० मा कारोबार भएको छ । 

यस्तै गरी चाँदी पनि रु ५ ले घटेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार, १६ मंसिर २०७६, १४ : ०२

प्रतिक्रिया