धितोपत्र बोर्डमा अध्यक्ष छनौट प्रकृया सुरु, योग्य उमेद्वार नभेटिए पुन विज्ञापन गरिने

४ बर्ष अगाडि

दुई महिना देखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले छिट्टै नयाँ अध्यक्ष पाउने छाँटकाँट देखिएको छ । नेतृत्व चयन गर्न गठीत समितीले नयाँँ कार्यविधि बनाई अध्यक्ष बन्न इच्छुकबाट आवेदन आह्वान गरेसँगै नयाँँ अध्यक्ष नियुक्तीको प्रकृया शुरु भएको हो । 

बोर्डले गत मंसिर ६ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र अध्यक्ष बन्न इच्छुक न्युनतम शैक्षिक योग्यता, अनुभव, उमेर तथा अन्य मापदण्ड हासिल गरेका उमेदवारलाई दरखास्त दिन आह्वान गरेको थियो ।निवर्तमान अध्यक्ष डा। रेवत कुमार कार्कीले गत असोज ४ गते अवकाश पाएपछि हाल बोर्ड नेतृत्व बिहीन छ ।

तर अर्थ मन्त्रालयले बोर्डको दैनिक कार्य सञ्चालनका लागि कार्यकारी निर्देशक परिष्ठनाथ पौडेललाई जिम्मेवारी दिएको थियो । बोर्डले कामचलाउ नेतृत्व पाए पनि लगानीकर्ताले वास्तिवक अध्यक्षको माग गर्न थालेपछि अर्थ मन्त्रालयले २० कात्तिकमा अध्यक्ष सिफारीस गर्न समिति गठन गरेको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा अर्थ मन्त्रालयका राजेश्व सचिव शिशिरकुमार ढुङगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य सहितको तीन सदस्यीय समितिले तीन जनाको नाम सिफारीस गरी अर्थ मन्त्रालय पठाउने जिम्मेवारी पाएका थिए । 

समितीले जिम्मेवारी पाएको १६ दिन पछि मंसिर ६ गते नयाँ मापदण्ड सहित अध्यक्षको पद पुर्तिका लागि खुल्ला प्रतियोगिता आह्वान गरेको छ । समितीका संयोजक रहेका राम कुमार फुयाँलले गहन अध्यानका साथ भोलीका दिनमा पनि काम गर्न सक्ने दह्रो प्रणाली बसाल्ने मापदण्ड बनाउन केही समय लागेको बताएका छन् ।

‘हामीले कार्यसूची बनाएर निवेदन आह्वान गरिसकेका छौं, विज्ञापन जारी गरिसकेका छौं ’, आजको अर्थसगँ कुरा गर्दै उनले भने, ‘मापदण्ड पुगेका निवेदनहरु पनि आईरहेका छन् अब दरखास्त दिने म्याद सकिएसगैँ हामी नियुक्ति प्रकृया तर्फ अघि बढ्ने छौँ ।’

फुयाँलका अनुसार इच्छुक उम्मेदवारले चार वर्षमा यो संस्थालाई कहाँ पु¥याउँछु र आफूले राखेको तारगेट सम्म पु¥याउन के गर्छु भन्ने विस्तृत कार्ययोजना बनाएर पेश गर्नुपर्ने हुन्छ ।

‘समितीले राखेको थ्रेसहोल्ड लेभल उमेद्वारबाट पुग्यो भने हामी मुल्यांकनको कार्यक्रम अघि बढाउँछौँ’, उनले भने ‘हामीले सुरुमा ५ उपयुक्त उमेद्वार छान्ने भनेका छौँ, अब हामीले छान्ने लेभलकोे योग्यता भएका भेटिएनन् भने हामी पुन बिज्ञापन जारी गर्नेछौं ।’

बोर्डको अध्यक्ष बन्नलाई स्नातकोत्तर तह सकेर  धितोपत्र बजार व्यवस्थापन र पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य,  व्यवस्थापन वा कानूनी क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्ने छ । त्यस्तै उमेरको हकमा ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने मापदण्डमा  उल्लेख गरिएको छ । 

अब नेतृत्व चयन गर्न गठीत समीतीले ३ योग्य उमेदवारको नाम सिफारीस गरी अर्थ मन्त्रालय पठाउनेछ । अर्थले  ती तीनमध्येबाट एक जनालाई ४ वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्षको रुपमा नियुक्त गर्ने छ ।

लामो समय देखि चर्चाको रुपमा रहेको बोर्डको अध्यक्ष नियुक्ति प्रकृया द्रुत गतीमा अघि बढिरहँदा अब बन्ने अध्यक्षले धितोपत्र बजार सुधार गर्न कस्तो भूमिका निर्वाह गर्ने छन् भन्ने सेयर लगानीकर्ताको चाँसोको विषय रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया