‘लिुख–ए’ ले सक्यो सुरुङ निर्माण, असार भित्रै विजुली बल्ने

सोमबार, २३ मंसिर २०७६, १३ : २७

काठमाडौं । सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावरले निर्माण गरेको २९.४ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजनाको सुरुङ्ग तथा सबै भूमीगत संरचनाहरुको निर्माण कार्य सकिएको छ ।

कूल २ दशमलव ५ किलोमिटरको सुरुङ तथा सबै भूमीगत संरचनाहरुको निर्माण कार्य सकिएको छ ।

सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एमभी दुगड समूहले प्रवद्र्धन गरेको ३ वटा जलविद्युत आयोजना हाल धमाधम निर्माण भइरहेको छ ।

जलविद्युत आयोजना निर्माणको इतिहासमा यति लामो सुरुङ्ग छोटो समयमा पूरा भएको छ । लिखु ए जलविद्युत आयोजनाबाट आगामी २०७७ असार अगाडि नै विद्युत उत्पादन गर्ने तयारी छ ।

उत्पादित विद्युत् देवीटार स्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।

त्यस्तै गरी लिखु नदीमा निर्माणमा रहेका अन्य दुई जलविद्युत आयोजना मध्ये  ५५ मेगावाट क्षमताको लिखु २ र ७७ मेगावाट क्षमताको लिखु एक  जलविद्युत आयोजना समे अगाडि बढेको छ ।

 

सोमबार, २३ मंसिर २०७६, १३ : २७

प्रतिक्रिया