बुटवल पावरको लाभांश प्रस्ताव, आतलाई न दाँतलाई

सोमबार, २३ मंसिर २०७६, १३ : ३२

काठमाडौँ – बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यसअनुसार कम्पनीले रु २४ करोड ४० लाख ५५ हजार ५००  बोनस र रु ४३ करोड ९२ लाख ९९ हजार ९०० नगद गरि कूल रु ६८ करोड ३३ लाख ५५ हजार ४०० लाभांश वितरण गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७५÷७६ मा रु ८० करोड ९४ लाख ३४ हजार खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ८९ पैसा कायम गरेको थियो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन । कम्पनीले रु ५०१ मा बिक्री गरेको एफपिओ कारण लगानीर्का नराम्ररी डुबेको बेला आएको पछिल्लो लाभांश प्रस्तावले कुनै अर्थ नराख्ने बताइन्छ ।

सोमबार, २३ मंसिर २०७६, १३ : ३२

प्रतिक्रिया