यस्तो छ आज सुन–चाँदीको मूल्य

आइतबार, २९ मंसिर २०७६, १२ : २६

सुनको मूल्य तोलामा पाँच सयले बढेको छ। शुक्रबार र शनिबार प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको सुनको भाउ आइतबार ७१ हजार ३ सयमा किनबेच भइरहेको छ।

बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको सुनको मूल्य घटेर ७१ हजार रुपियाँभन्दा तल आएको थियो। तर, अहिले पुनः उकालो लाग्न थालेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि आएको छ। आज चाँदी तोलाको ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलाको ८४० रुपैयाँ कायम गरिएको थियो।

आइतबार, २९ मंसिर २०७६, १२ : २६

प्रतिक्रिया