अटोमोवाइल्स एसोसिएसनको कार्यसमिति निर्विरोध

आइतबार, २९ मंसिर २०७६, १६ : ३७

अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा कृष्ण प्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन । 

नाडाको नयाँ नेतृत्वको लागि तोकिएको आइतबार ११ बजेसम्मको समयावधिमा अध्यक्षका लागि दुलालाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन । 

उनीसहित अन्य १८ जना कार्यसमिति सदस्य समेत निर्विरोध निर्वाचित भएको  नाडाका सचिव अनुप कुमार बरालले जानकारी दिए।

त्यस्तै, कार्य समिति सदस्यमा करण कुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंहानिया, राजन बाबु श्रेष्ठ, निराकर श्रेष्ठ, अबिक ज्योती, मिलन बाबु मल्ल, दिपक कुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक निर्वाचित भएका हुन्।

त्यस्तै संस्थागत सदस्यतर्फ ध्रुवबहादुर थापा, सुवास आचार्य, नवराज डल्लाकोटी र ऋषी कुमार ढकाल निर्वाचित भएका हुन्।

दुलाल यसअघि नाडाको सदस्य, कोषध्यक्ष, महासचिव हुँदै, उपाध्यक्ष समेत सम्हालेका थिए । 

आइतबार, २९ मंसिर २०७६, १६ : ३७

प्रतिक्रिया