विभिन्न मुलुकबाट आयात हुने ४९ वटा खाद्य पदार्थ अस्वीकृत

आइतबार, २९ मंसिर २०७६, १७ : ०५

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न मुलुकबाट आयात हुने ४९ वटा खाद्य पदार्थको आयात अस्वीकृत गरिदिएको छ । 

चालू आर्थिक वर्ष २०७६÷०७७ को चार महिनाको अविधिमा सो खाद्य पदार्थ अस्वीकृत गरेको विभागले जनाएको छ।

विभागका प्रवक्ता मोहन महर्जनका अनुसार स्वीकृत गरिएका खाद्य पदार्थमा आवश्यक कागजात पूरा नभएका कन्फेक्सनरी, पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरूछन । 

खाद्य आयातनिर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणालीसम्बन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नुपूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने व्यवस्था रहेको छ।

चालू आवको साउनदेखि कात्तिकसम्ममा कुल ७ हजार ७ सय ७२ वस्तुको आयात जारी गरिएको छ।

आइतबार, २९ मंसिर २०७६, १७ : ०५

प्रतिक्रिया