काठमाडौं – सरकारले कपडा उद्योगलाई विद्युत् महसुलमा ५० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्षको बर्षको बजेटमा त्यस सम्बन्धी व्यवस्था भएपनि कार्यविधिको अभावमा सो काम अगाडि बढ्न सकेको थिएन ।
कपडा उद्योगलाई महसुल छुट दिने सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्यविधि तयार पारेको छ । कार्यविधि तयार भएको र छिट्टै कार्यान्वयनमा जाने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
गत वर्षको मंसिरमा नै मूल्य अभिवृद्धि कर र महसुल छुटको विषयमा सहमति भएपनि कार्यान्वयनमा आउन विधिगत र प्रक्रियागत रुपमा कठिनाई थियो । मन्त्रालयले करिब १ वर्ष पछि मात्रै कार्यविधि स्वीकृत गरेको हो ।
कपडा उद्योगीले विशेष गरी सुतीको कपडामा मूल्य अभिवृद्धि कर लगाएको विषयमा विरोध गरेका थिए । देशभित्रै कपडाको उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने चर्चा भएपनि प्रक्रियागत अन्यौल तथा झन्झटका कारण जटिलता पैदा भएको थियो ।
लामो समयपछि कार्यविधि स्वीकृत भएको र त्यसले कपडा उद्योगको प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास लिइएको छ । गत आर्थिक वर्षको बजेटमा
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत सुतीका कपडाको उत्पादनमा मूल्य अभिबृद्धि कर भ्याट लगाएको थियो । त्यति मात्र होइन सलिकनको उत्पादनमा ७० प्रतिशत भ्याट फिर्ताको व्यवस्था पनि हटाएपछि उद्योगी व्यवसाय चलाउनै नसकिने भयो भन्दै अर्थ मन्त्रालय पुगेका थिए ।
प्रतिक्रिया