बिद्या भट्टराईद्वारा पद तथा गोपनियताकोे शपथ ग्रहण

४ बर्ष अगाडि

कास्की क्षेत्र नं‍। २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले (आज) मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उनलाई उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  हराउँदै विजयी भएकी थिइन् । 

उनले नेपाली काग्रेशका खेमराज पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी  हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया