पौडेल पक्ष उपस्थित नभएपछि काँग्रेस बैठक स्थगित

बुधबार, ०२ पुस २०७६, १५ : २०

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।  

बरिष्ठ नेता पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । यसअघि सोमबार पनि पौडेल पक्ष उपस्थित नभएपछि काँग्रेस बैठक स्थगित भएको थियो ।

संस्थापन र इतर समूहका नेताहरुबीचको विवादमा सहमाति जुट्न नसकेपछि बैठक स्थगित भएको हो । देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालय सानेपामा छलफलका लागि पौडल पक्षलाई बोलाइएको थियो । उनीहरु बोहोराटारमै अल्मलिएपछि देउवाले आजको बैठक शुक्रबारलाई सारेका छन् ।

बुधबार, ०२ पुस २०७६, १५ : २०

प्रतिक्रिया