मानव बेचबिखनको मुख्य कारण गरिवी- मन्त्री गुरुङ

४ बर्ष अगाडि

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन हुन नदिन सरकारले गरिवी निवारण गर्ने कामलाई जोड दिएको बताएका छन। 

मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिवी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको पनि बताए।

‘मानव बेचबिखनको मुख्य कारण गरिवी हो,’ सोमबार काठमाडांमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘मानव बेचबिखनलगायतका घटना हुन नदिन गरिवी निवारणको क्षेत्रमा इमान्दार भएर काम गर्न म सबै सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्दछु ।’

मन्त्री गुरुङले मानव बेचबिखनविरुद्धको अभियानमा उत्कृष्ट काम गर्ने संघ, संस्थालाई सरकारले पुरस्कृत गर्ने र त्यस अभियानको नाममा गलत काम गर्ने संघ, संस्थालाई कडा कार्वाही गर्ने पनि बताए ।

कार्यक्रममा विज्ञहरुले मानव बेचबिखन र महिला हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन त्यसका कारणहरुको खोजी गर्नुपर्ने आवश्यक्ता औंल्याएको थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया