ताजा समाचार

हिमालयन हाइड्रोले २२ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री गर्ने

शुक्रबार, ११ पुस २०७६, १२ : ३४

काठमाडौं – हिमालयन हाइड्रो पावर कम्पनीले रु २२ करोड ५० लाख बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले कास्कीमा निर्माणाधीन १२ मेगावाटको नार्माजुन मादी जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि शेयर बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता रु १०० अंकित रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो ।

बिक्री गर्न लागिएको शेयर मध्ये ९ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र बाँकी १३ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाइसककेको छ । कम्पनीका नेपाल धितोपत्र बोर्डमा स्वीकृतका लागि आवेदन दिएका छौ ।

कम्पनीले कास्कीमा निर्माण गरिरहेको १२ मेगावाटको नार्माजुन मादी अन्तिम चरणमा पुगेको छ । 

शुक्रबार, ११ पुस २०७६, १२ : ३४

प्रतिक्रिया