कसले कस्तो जुत्ता नलगाएको राम्रो ?

४ बर्ष अगाडि

 ज्योतिषशास्त्र अन्तर्गत मानवजीवनसँग जोडिएको हरेक वस्तु कुनै न कुनै ग्रहसँग सम्बन्धित छ । कालपुरुष सिद्धान्तका अनुसार व्यक्तिको कुण्डलीको आठौं भाव पाइतालासँग सम्बन्धित छ । आठौं भावबाट भोग विलासिता र जीवनमा व्यक्तिले कति उन्नति गर्छ भन्ने पत्ता लाग्छ ।

आठौं भाव पाइतालासँग सम्बन्धित हुनाले यसको असर जुत्तामा पनि पर्छ । ज्योतिषशास्त्रमा जुत्तालाई शनि राशिसँग सम्बन्धित मानिएको छ । जुत्ताका कारण काम बन्ने बिग्रने हुन सक्छ ।

हामीले थाहै नपाएका हुन सक्छौं तर जुत्ताले कामकुरोमा असर पारिररहेको हुन सक्छ । यहाँ हामी जुत्तासँग सम्बन्धित कुरा गर्दैछौं जो भविष्यमा तपाईंलाई काम लाग्न सक्छ ।

कहिल्यै पनि उपहारमा पाएको वा चोरेको जुत्ता नलगाउनुस् । यसले तपाईंको बढुवा रोक्छ अनि अरू काम पनि हुन दिँदैन ।

अड्कोपड्को परेका बेलामा वा जानीजानी च्यातिएको वा उध्रेको जुत्ता लगाएर जागिर खोज्न नजानुहोला । असफलता प्राप्त हुन्छ ।

अफिसमा वा कार्यक्षेत्रमा ब्राउन कलरको जुत्ता लगाएर जानुभयो भने काम बिग्रिन्छ ।

मेडिकल फिल्डमा लागेका वा फलामको काम गर्ने व्यक्तिहरूले सेतो जुत्ता नलगाएको राम्रो ।

बैंकमा काम गर्ने वा शिक्षाक्षेत्रमा काम गर्नेहरूले कफी रंगको जुत्ता नलगाउनुस् ।

पानीको काम गर्ने वा आयुर्वेदिक क्षेत्रमा काम गर्नेले नीलो जुत्ता नलगाएको बेस ।

४ बर्ष अगाडि

प्रतिक्रिया