काठमाडौं – लगानी बोर्ड नेपालले ३ जलविद्युत आयोजनाका लागि ८५ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डले माथिल्लो त्रिशुली १, मस्र्याङदी बेसी र माथिल्लो त्रिशुली ३ बीका लागि यतिका बराबरको लगानी रकम स्वीकृति गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डकाअनुसार माथिल्लो त्रिशुली १ लाई मात्रा रू. ६५ अर्बको लगानी स्वीकृती दिइएको छ । यस्तै, मस्र्याङदी बेसीलाई रू. ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बीका लागि ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृती दिइएको छ ।
यस्तै, बोर्डले अरुण ३ जलविद्युत आयोजनाको मुआव्जा सम्बन्धमा अध्ययन गर्न बनाएको छानविन समितिको पुनर्गठन गरेको छ । नयाँ समितिमा प्राविधिक जनशक्ति पनि छ । उनीहरुले २ महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने छ ।
प्रतिक्रिया