जलविद्युत्का सकिए दिन, ४० करोड नतिरेपछि बैंकले निकाल्यो लिलामीको सूचना

बुधबार, १६ पुस २०७६, १३ : ०१

काठमाडौं – सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले बुधबार सार्वजनिक सूचना निकालेको छ ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा आएको बाढीका कारण क्षति पुगेको परियोजना पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा आएको थियो ।

सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआइसिएशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन्

यसअघि पनि बैंकहरुले ३५ दिने सूचना सार्वजनिक गरेपछि जलविद्युत् कम्पनीका सञ्चालकहरुले थारै ऋण तिरेका थिए ।

बैंकले सो आयोजना २३ जना सञ्चालकलाई ऋण तिर्न आउन ताकेता गरेको छ । त्यसमा सिन्धुपाल्चोकमा अर्जुनबहादुर थापा, डोरबहादुर भण्डाराी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्च्ुा पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विषण्ुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवमराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिनालाई ३५ दिन भित्र ऋण तिर्न आउन आग्रह गरेको छ । 

बुधबार, १६ पुस २०७६, १३ : ०१

प्रतिक्रिया