एकै पटक ४०० मेगावाट क्षमताको सौर्य प्लान्ट जडान हुँदै

सोमबार, २१ पुस २०७६, १६ : १२

सरकारले ४० निजी कम्पनीलाई सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरेको छ ।

सरकारको मिश्रित ऊर्जा उत्पादनको अवधारणाअनुसार ऊर्जा  प्रविधिबाट विद्युत उत्पादन गर्न  ४१८ मेगावाटका आयोजनाको अनुमतिपत्र दिइएको हो । विद्युत विकास विभागले  अनुमति जारी गरेको एक आयोजनाको क्षमता १२० मेगावाट छ ।

अन्य आयोजना क्रमशः ५०, ३०, १२ र १० मेगावाटका रहेका छन् । बाँकी २५ आयोजना १० मेगावाटभन्दा साना रहेका छन् ।

उद्योगी विनोद चौधरीको सिजी इनर्जी इन्फ्रास्टकचर कम्पनीले प्रदेश–२ को  महोत्तरीमा १ सय २० मेगावाटको आयोजनाको अध्ययन अघि बढाएको छ । यही कम्पनीले पर्सामा ५० मेगावाट र ३० मेगावाटका सौर्य विद्युत आयोजनाको अध्ययन गरिरहेको छ ।

त्यस्तै , १० मेगावाटका १२ आयोजनाको विभिन्न जिल्लामा अध्ययन भइरहेको छ । यी १२ आयोजनाको मोरङ, धनुषा, बाँके, पर्सा, झापा, कपिलवस्तु, सुनसरी र दाङमा अध्ययन जारी छ ।

यसैगरी, १० मेगावाट मुनिका २५ आयोजनाको पनि अध्ययन भइरहेको छ । कूल ४० आयोजनाको अध्ययन जारी रहँदा ५ कम्पनीले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको विभागले जनाएको छ ।

अध्ययन सकिएका ती आयोजनाको निर्माण सुरु गर्न उत्पादन अनुमतिपत्रका लागि विभागमा आवेदन दिइएको जनाइएको छ । अध्ययन पूरा भएका सौर्य विद्युत आयोजनाको जडित क्षमता १४ मेगावाट छ ।

सोमबार, २१ पुस २०७६, १६ : १२

प्रतिक्रिया