नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुवास मिश्र नियुक्त भएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिश्रलाई नियुक्त गरेका हुन् ।
कम्पनीको प्राधिकरणले ५१ प्रतिशत शेयर रहेको छ । सधै चिलिमे कम्पनीमा नै बसेका माधव कोइरालालाई प्राधिकरणमा फिर्ता बोलाइएपछि मिश्र प्रमुखमा नियुक्त भएका हुन् ।
मिश्र कुलेखानी तेस्रो जलविद्युत आयोजना प्रमुख हुन् । उनकै सक्रियतामा निर्माण सुरु भएको १२ वर्षपछि चालू वर्षदेखि कुलेखानी तेस्रो सञ्चालनमा आएको छ ।
चिलिमे कम्पनी अन्तर्गत निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना सम्पन्न गर्ने तथा नयाँ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउनुपर्ने जिम्मेवारी मिश्रको छ ।
प्रतिक्रिया