साढे सात मेगावाट क्षमताको खोरुङ्गा खोलाको विद्युत् जोडिदै

आइतबार, २७ पुस २०७६, १३ : १८

राष्ट्रिय प्रसारण प्रणालमिा केही दिन भित्रै तेह्रथुम पावर कम्पनीले निर्माण गरेको ७.५ मेगावाटको माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजना जोडिने भएको छ ।

तेह्रथुमको खोरुङ्गा खोलामा निर्माण सम्पन्न आयोजनाको आन्तरिक परीक्षण गरिएको छ ।

आयोजनाको संरचनामा पानी भरेर विद्युत उत्पादनको परीक्षण गरेको कम्पनीका कार्यकारी निर्देशक मोहन डाँगीले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि ग्रिडमा जोडिन्छ ।

आयोजना विद्युत उत्पादनको चरणमा पुगे पनि विद्युत प्राधिकरणको प्राविधिक टोली आयोजना स्थल पुग्ने छ ।

आन्तरिक परीक्षण अघि  आयोजनाको बाँध, पाइपलाइन, विद्युतगृहलगायत संरचना तथा उपकरणको परीक्षण गरिएको थियो ।

२०७३ माघबाट निर्माण सुरु भएको आयोजनाको २०७६ पुस १ गतेदेखि व्यवसायिक विद्युत उत्पादन गर्ने तालिका थियो । कम्पनीले लक्ष्यभन्दा ६ महिना अघि नै आयोजनाबाट उत्पादन सुरु गर्ने दाबी गर्दै आएको थियो । अहिले आयोजना विद्युत प्राधिकरणले निर्धारण गरेको तालिकाभन्दा १ महिना ढिलो भइसकेको छ ।

उत्पादीत विद्युत ४.७ किलोमिटर दुरीमा पर्ने जिरी–खिम्ती सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक पर्ने ३३ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको छ ।

कूल रु १ अर्ब ३७ करोड  लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत स्वपुँजी लगानी छ । 


 

आइतबार, २७ पुस २०७६, १३ : १८

प्रतिक्रिया