२५ हजार घुससहित प्राधिकरणका दुई जना प्रकाउ

शुक्रबार, १० माघ २०७६, १६ : ११

नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् । 

बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनी र  बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पक्राउ गरेको हो । 

उनीहरुलाई घुस रकम लिँदै गर्दाको अवस्थामा कुलेश्वरस्थित गुडफुड तन्दुरी अगाडीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

शुक्रबार, १० माघ २०७६, १६ : ११

प्रतिक्रिया