नेपाल विद्युत् प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा विद्युत् काटने भएको छ । सडक विस्तारका लागि प्राधिकरणले विद्युत् काटन लागेको जनाएको छ ।
प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लाइन काटिन लागेको हो ।
आज दिँउसो ४ बजेसम्म ती स्थानमा विद्युत् काटिने प्राधिकरणले जनाएको छ ।
उक्त फिडर अन्तर्गत वसुन्धारा सामाखुशी चोक रानीबारी गोंगबु चोक टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।
रुख काट्ने काम तोकिएको त समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया