भौतिक पुर्वाधार एवम यातायात मन्त्रालयले करीब ३०० बिद्युतीय बस किन्न टेन्डर खोल्ने भएको छ ।
सरकारका तर्फबाट उक्त मन्त्रालयलाई बस किन्न जिम्मेवारी प्रर्दान गरेपछि टेन्डरको काम अघि बढाउदै मन्त्रालयले एकै पटक ३०० बसको टेन्डर खोल्ने मन्त्रालयले जनाएको छ ।
सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउने कार्य पनि शुरु गरीसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताएका छन ।
सरकारले माघ दोस्रो साताको मन्त्रिपरिषद् निर्णय मार्फत बस किन्ने जिम्मेवारी मन्त्रालयलाई दिएको थियो ।सोही निर्णय अनुसार काम अघि बढेको बताइएको छ ।
स्वदेशी र विदेशी दुवै कम्पनी सहभागी हुन पाउने गरी टेन्डर खोल्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया