रुदीखोलाको ६.६ मेगावाट विजुली राष्ट्रिय प्रशारणमा

शनिबार, १८ माघ २०७६, १८ : ०१

लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाको विजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । 

विन्दवासिनी हाइड्रोपावर कम्पनीले आजदेखि उत्पादन गरेको छ दशमलव छ मेगावाट विजुली राष्ट्रिय प्रशारणमा जोडिएको हो । 

आयोजनाबाट लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।    

आजदेखि १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुने भएकाले सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । 

परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।     
     
निर्माण शुरु भएको करीब दुई वर्षमै उत्पादन थालेको उक्त आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड पुगेको कम्पनीका सचिव जनार्दन अर्यालले जानकारी दिए । 

विन्दवासिनीले नै निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

यस्तै कूल ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत् आयोजनामा पनि विन्दवासिनी समूहले लगानी गरेको छ ।     
 

शनिबार, १८ माघ २०७६, १८ : ०१

प्रतिक्रिया