काठमाडौं । कूल २ हजार मेगावाट क्षमता बारबरको विद्युत् बोक्ने प्रसारण लाइन निर्मााण्मा लागि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएका छन् । एक दर्जन बढी प्रसारण लाइन निर्माणका लागि आवेदन दिइएको विभागले जनाएको छ ।
विद्युतगृहदेखि तोकिएको सबस्टेसनसम्म प्रवद्र्वकले नै प्रसारण लाइन निर्माण गर्नुपर्ने हुँदा अनुमतिका लागि उनीहरुले आवेदन दिएको विभागले जनाएको छ । ती प्रसारण लाइन ३३ केभीदेखि ४ सय केभीसम्म रहेका छन् ।
ती प्रसारण लाइनले २ हजार २ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडछन् ।
विभागका अनुसार ४ सय केभीका २, २२० केभीको एक, १३२ केभीका ७ र ३३ केभी क्षमताका २ प्रसारण लाइन निर्माण गर्न माग गरेका हुन् ।
कर्णाली र मस्र्याङ्दी कोरिडोरमा ४ सय केभीका प्रसारण लाइन निर्माण गर्न लागिएको छ ।
यी दुवै प्रसारण लाइन ९ सय मेगावाटको माथिल्लो कर्णाली र ६ सय मेगावाटको माथिल्लो मस्र्याङदीबाट उत्पादित विद्युत् जोडिनेछ ।
१ सय मेगावाट विद्युत प्रवाह गर्न ३० किलोमिटर २२० केभी सुपर त्रिशूली प्रसारण लाइन निर्माण गरिनेछ ।
१३२ केभीका ६ लाइन निर्माण गर्न टुन्डी पावर, प्राधिकरण, श्री हिमालयन ऊर्जा, हिमालन ऊर्जा विकास, ग्लोबल हाइड्रो पावर, पान हिमालय इनर्जी, श्री पिपुल्स हाइड्रो पावर कम्पनीले आवेदन दिएको विभागले जनाएको छ ।
३३ केभीका २ लाइन निर्माण गर्न प्राधिकरणले विभागमा आवेदन दिएको छ । यी लाइनबाट ३र३ मेगावाट विद्युत ग्रिडमा जोडिनेछ ।
प्रतिक्रिया