तपाईले नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको विद्युत्को मिटर अजनावश्यक चलाउनु भएको छ ? वा चलाउने प्रयास गर्नुभएको छ श्र यदि छ भने तपाईलाई कारवाही हुन सक्छ ।
पछिल्ला दिनमा विद्युत् मिटरको सिल तोडेर विद्युत् चुहावट गर्नेलाई समेत प्राधिकरणले कारवाहीको दायरमा ल्याएको छ ।
विद्युत् चोरीमा नयाँ नयाँ खालको उपाय अपनाइएको र ठगी गरेको पाइएपछि प्राधिकरणले देशव्यापी रुपमा नै मिटर सही छ वा छैन हेर्न थालेको छ ।
मिटर बिगारिएको जानकारी ग्राहकले नै दिएपछि प्राधिरकणले छड्के अनुगमन थालेको छ । प्राधिकरणले पछिल्ला दिनमा शहरी क्षेत्रमा मिटर बिगारेर चोरी भइरहेको जनाएको छ ।
सोही जानकारीका आधारमा प्राधिकरणले ८५ जनाभन्दा बढी व्यक्तिलाई कारवाही गरेको छ । यो कारवाही गरेको भनेको विद्युत् वितरण केन्द्र टाँडीले हो । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफथ गरिएको छ ।
प्राधिकरणले चोरी नियन्त्रणमा भने अभियानात्मक कारवाही गरिरहेको छ । विशेष गरी चोरी नियन्त्रणका लागि प्राधिरकणले स्थानीय प्रशासनको समेत साथ र सहयोग लिएको छ ।
विशेष छड्केमा कारवाहीमा परेकाको मिटर समेत जफत हुने छ । उता प्राधिकरण टाँडीले पनि सो अभियानलाई अगाडि बढाएको छ । कार्यालयले पुराना तार तथा पोल फेर्ने र ट्रान्सफरमर नयाँ जडान गर्ने काम पनि दू्रत गतिमा अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया