टाट पल्टेको नेशनल हाइड्रोले कमायो नाफा, ६ महिनामा साँढे पाँच करोड आम्दानी

मंगलबार, २१ माघ २०७६, १२ : ०८

काठमाडौं – कुनै समय करिब करिब टाट पल्टकेको नेशनल हाइड्रो पावर कम्पनीले चालु वर्षको दोस्रो त्रैमाससम्ममा राम्रै नाफा कमाएको छ ।

सो कम्पनीले विद्युत बिक्री गरी रु ५ करोड ६१ लाख २२ हजार आम्दानी गरेको छ । कम्पनीले ७.५ मेगावाटको इन्द्रावती–३ जलविद्युत आयोजनाको विद्युत बिक्री गरी यो आम्दानी गरेको हो ।

यो गत आव २०७५/७६ को तुलनामा रु ३६ लाख ४४ हजार बढी आम्दानी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष रु ५ करोड २४ लाख ७८ हजार आम्दानी भएको थियो । विद्युत उत्पादन बढाउनका लागि कम्पनीले नयाँ टर्वाइन रनर, जेनेरेटर ओभरहल र सिभिल मर्मतका कार्य सम्पन्न गरेको थियो ।

विद्युत बिक्रीबाट आम्दानी बढेसँगै नाफा समेत सुधार भएको छ । कम्पनीले आवको पुस मसान्तसम्ममा रु १ करोड ७७ लाख  ४८ हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्ष रु १ करोड ४० लाख ११ हजार खुद नाफा कमाएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३.७२ रुपैयाँ मात्रै रहेको छ ।

मंगलबार, २१ माघ २०७६, १२ : ०८

प्रतिक्रिया