राष्ट्रिय गौरवको उत्तरगंगा हाइड्रोपावर निरिक्षण गर्न चार्टर गरेको हेलिकोप्टर ऊर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले आफ्नो घरमा पु¥याएका छन् ।
सोमबार निरीक्षणका लागि चार्टर गरेको को हेलिकोप्टर पूर्व सभामुख ओनसरी घर्ति लगायत सांसदहरु बोकेर मन्त्री पुनको घर रोल्पाको माडीचौर पुगेको हो ।
नेपालमा जलविद्युतमा लगानी चर्को भएका कारण हैरान परेका व्यवसायी हाइड्रोको नाममा हेलिकोप्टर चार्टर गरेर लागत चर्को पार्ने काम भएको भन्दै आलोचना गरेका छन् ।
‘अहिले हेलिकोप्टर लिएर मन्त्रीका घर घरमा पु¥याउने, भोली लागतमा यो शुल्क पनि जोडिन्छ ’, एक हाईड्रो व्यवसायी भन्छन् ‘राज्यकोषबाटै खर्च गरेर आयोजनाको लागत चर्को पार्ने काम भयो ।’
सोमबार विहान आयोजनास्थलको निरिक्षण गर्दै मन्त्री पुनले उक्त आयोजना बागलुङमै बन्ने बताएका थिए । उक्त आयोजना रुकुमा बन्ने कि बाग्लुङ्गमा भन्ने विषयमा विवाद छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टिमको उत्तरगंगा नदिको पानीलाई एक हजार तीन सय ५० मिटर लामो सुरुङमार्गबाट निसीखोलामा खसालेर विद्युत् उत्पादन गर्दा ७२१ मेगावाट विद्युत् उत्पादन हुने र सोही विकल्प उत्तम भएको सुझाव दिएको मन्त्री पुनको भनाइ छ । वि.सं. २०८३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको अनुमानित लागत एक खर्ब २० अर्ब हुने बताइएको छ ।
गतवर्ष पनि मन्त्री पुन दसैंको शुभकामना बाँड्न हेलिकोप्टर चार्टर गरेर प्युठान पुगेपछि आलोचना भएको थियो ।
प्रतिक्रिया