प्राधिकरणले आज किन काट्दैछ राजधानीमा बत्ती, लोडसेडिङ कि अरु नै केही

बुधबार, २२ माघ २०७६, ११ : ३५

काठमाडौं । आज माघ २२ गते बुधबार राजधानीका विभिन्न स्थानमा ९ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार धापासी र बुढानिलकण्ठ फिडरबाट आपूर्ति हुने विद्युत अवरोध हुने जनाएको हो । 

प्राधिकरणका अनुसार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने  वसुन्धारा ,श्रीटोल, सामाखुशी चोक, रानीबारी ,गो‌ंगबु चोक ,टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति अवरोध हुने छ ।

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ४ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  ।
 

बुधबार, २२ माघ २०७६, ११ : ३५

प्रतिक्रिया