३०० शैयाको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने

विहीबार, २३ माघ २०७६, १७ : १७

काठमाडौँ । मन्त्रिपरिषद्को गत माघ २० गते बसेको बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । 

बैठकले संघ अन्तर्गत रहने गरी ३०० शैयासम्मको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा नेपाल प्रवेश गर्ने नाकामा रहेका स्वास्थ्यकर्मीलाई नेपाल प्रवेश गर्ने कुनै यात्रुलाई कोरोना भाइरस लागेको शंका लागे तोकेको अस्पताल तथा स्थानमा राख्ने प्रयोजनका लागि आदेश जारी गर्ने निर्णय समेत गरेको छ ।

विहीबार, २३ माघ २०७६, १७ : १७

प्रतिक्रिया