काठमाडौं – काठमाडौं उपत्यका भित्रका विद्युत् तथा टेलिफोनको तार भूमिगत गरिने भएको छ । लामो समयदेखि माग हुँदै आएको सो परियोजनाको अब भने काम शुरु हुने भएको छ । कुलमान घिसिङको ड्रिम प्रोजेक्टको रुपमा रहेको सो योजनाको काम अब भने अगाडि बढ्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामका सडक विभागसँग समझदारी गरेको छ । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग र त्यसलाई पुनस्थापना गर्ने बारे सडक विभागका महानिर्देशक केवशकुमार शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचसमझदारी भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले करिब ४ सय किलोमिटर सडकमा काम गर्न अनुमति मागेको छ । तर एकैपटक सबैतिर सडक प्रयोग गर्न अनुमति भने दिइएको छैन ।
सडक खनेको १० दिनभित्र सडकलाई पुन पुरानै अवस्थामा फर्काउनुपर्ने गरी अनुमति दिइएको छ ।
पहिलो खण्डमा समझदारीअनुसार नै काम गरे क्रमशः तार भूमिगत गर्न अरु खण्डहरु पनि दिँइदै जाने विभागको भनाइ छ ।
तार भूमिगत गर्न भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ ।
आगामी ३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत तार भूमिगत गरिसक्ने योजना बनाइएको छ ।
प्रतिक्रिया