प्राधिकरणले आज किन काट्दैछ राजधानीमा फेरी पनि बिजुली

आइतबार, २६ माघ २०७६, १२ : २७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज पनि राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् लाइन काट्ने भएको छ ।

महाराजग‌ंज  वितरण केनद्रको ओम  फिडरबाट वितरीत लाइन  चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान  गर्नको लागि आज  दिउँसो १२  बजेबाट २ बजेसम्म काटिने भएको हो ।

प्राधिकरणका अनुसार उक्त लाइन सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सुकेधारा, न्युकोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रहरुका लाइन काटिनेछ ।

प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । रुख काटने काम तोकिएको समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।


 

आइतबार, २६ माघ २०७६, १२ : २७

प्रतिक्रिया