सातबुँदे सहमतिपछि यसो भने  एमाले र माओवादी नेताले

६ बर्ष अगाडि

काठमाडौँ- एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । संगठनात्मक विषय भने थप छलफल गरेर टुंगो लगाइने नयां पत्रिकामा खबर छ  ।

एकीकृत पार्टीको ‘नाम नेपाल कम्युनिस्ट पार्टी’ रहने र एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ ।

सहमतीबारे एमाले नेता ईश्वर पोखरेल 
हामीबीच ऐतिहासिक सहमति भएको छ, दुई अध्यक्षबीच हुँदै आएको छलफलले सहमतिसँगै मूर्तरूप पाएको छ । अब एकतालाई पूर्णता दिन वैचारिक–सैद्धान्तिक र संगठनात्मक विषयलाई आवश्यक विधिका आधारमा टुंग्याइनेछ । हामीले गरेको सहमति जस्ताको तस्तै राखेका छौँ, बाँकी विषय केही पनि छैन ।


माओवादी नेता जनार्दन शर्मा 

दुई अध्यक्षबीच भएका छलफलका आधारमा एकता संयोजन समितिको बैठक नेतृत्व, नीति र सरकारका विषयमा एउटा निष्कर्षमा पुगेको छ । त्यसैका आधारमा हस्ताक्षर भएको छ । एकीकरणलाई मूर्त बनाउन संगठनात्मक विषय मिलाउन र अन्तरिम विधान तयार पार्न कार्यदल बन्दै छन् । यी गृहकार्यका लागि भोलि (मंगलबार)देखि नै काम गर्न सुरु हुन्छ । त्यसैले अहिले पार्टी एकताको घोषणाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

बालुवाटारमा भएको बैठकमा सरकारमा कुन कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भएन । अब दुई पार्टी एक हुने भएपछि सल्लाह गरेर सरकारमा मन्त्री पठाउँछौँ । सम्भवतः एक साताभित्र माओवादीतर्फबाट मन्त्रीहरू सरकारमा जान्छन् । अहिलेसम्म हेर्दा रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने तयारी छ । तर, कुन–कुन नेतालाई मन्त्री बनाउने भन्ने विषयमा छिट्टै टुंगो लगाउँछौँ ।

६ बर्ष अगाडि

प्रतिक्रिया