विद्युत प्राधिकरणको नाफा ९ अर्ब नाघ्यो

आइतबार, ०४ फागुन २०७६, ११ : ११

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको वार्षिक नाफा नौँ अर्ब नाघेको बताएका छन ।

काठमाण्डौमा ड्याफोडिल स्कुलले आयोजना गरेको “रेमिट्यान्स फर बेटर लाइफ” कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको बताएका हुन ।

सोह्र वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारिमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणत्मक नाफा गर्न सफल भएको घिसिङले बताए ।

विद्युत प्राधिकरणको नाफा एक वर्षमै १४९ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरण अब लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणको सुदृढिकरणमा केन्द्रित भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।विद्युत प्राधिकरण लगाता तेस्रो वर्ष नाफामा गएको छ ।

 कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो । 

२०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकका रुमा प्राधिकरण प्रवेश गरेका थिए । उनि आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।  तर, घिसिङ आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भएको थियो ।

घिसिङले सफलताका लागि सँधै संघर्ष गर्नुपर्ने भन्दै सफलता नै जीवनको चुनौती भएको भन्दै विद्यार्थीलाई इमान्दारीता र मेहनतका लागि उत्प्रेरित गरे ।

उनले युवाले विदेशमा दुख पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्ने अधिकार कसैसँग नभएको बताए । 

कार्यक्रममा विद्यार्थीले रेमिट्यान्सको सदुपयोगबारे चेतना जगाउने बाल–नाटक, वक्तृत्वकला प्रस्तुत गरेका थिए ।

आइतबार, ०४ फागुन २०७६, ११ : ११

प्रतिक्रिया