एपीसी नपठाउँदा सशस्त्रले गुमायो ९ करोड, सेनासँगको एपीसी पनि नकिन्ने निर्णय

६ बर्ष अगाडि

 
काठमाडौं, ८ फागुन- सशस्त्र प्रहरी बलले द्वन्द्वग्रस्त मुलुक साउथ सुडानमा पाँचवटा आर्म पर्सनल क्यारियर (एपीसी) पठाउन नसक्दा ९ करोड रुपैयाँ गुमाएको छ । संयुक्त राष्ट्रसंघको मापदण्डअनुरूप तीन वर्षअघि नै पठाउनुपर्ने १२ मध्ये पाँचवटा एपीसी पठाउन नसक्दा वार्षिक तीन करोड रुपैयाँका दरले सशस्त्र प्रहरी बलले यो रकम गुमाएको हो ।

सशस्त्र प्रहरी बलले १२ मध्ये सातवटा मात्र एपीसी पठाएको छ । समयमै थप पाँचवटा एपीसीसहित बन्दोबस्तीका सामान पठाउन नसक्दा संयुक्त राष्ट्रसंघले दिने शोधभर्नाबापतको रकम गुमेको हो । जुन रकम सशस्त्र प्रहरीले कल्याणकारी कोषमार्फत खर्च गर्दै आएको छ ।

समयमै एपीसी नपठाउँदा सशस्त्र प्रहरी बलले करोडौं शोधभर्ना (एपीसी प्रयोग गरेबापत राष्ट्रसंघबाट हुने आम्दानी) मात्र गुमाएको छैन, शान्ति मिसनमा यसअघि प्राप्त गरेको ‘गुडविल’ पनि गुमाउँदै गएको छ । सशस्त्र प्रहरी नेतृत्वको असक्षमताका कारण यो स्थिति आएको हो, राजधानीमा खबर छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया