दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत्  राष्ट्रिय प्रसारण लाइन विस्तार

विहीबार, ०८ फागुन २०७६, ०७ : ४८

जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पु¥याउने काम शुरुआत गरिएको छ ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमो राष्ट्रिय प्रसारण पु¥याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

 पाटन र मेलौलीमा सवस्टेशन राख्ने र पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम शुरु भइसकेको कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए । 

ती स्थानमा सवस्टेशन निर्माण गर्न आरके इन्टरनेशनल प्रालिसँग गत जेठ ७ गते एकवर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित ठेक्का सम्झौता भइ काम शुरु भएको छ । पाटनमा सवस्टेशनका लागि साढे ११ करोड र मेलौलीका लागि साढे १२ करोडमा ठेक्का सम्झौता भएको जनाइएको छ । 

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि  एक वर्षभित्र सक्ने गरेर  अमृत इन्द्रधनु जेभीसँग रु दुई करोड १४ लाखमा ठेक्का सम्झौता भएको प्रमुुख कर्णले जानकारी दिए । सो सम्झौताअनुसार पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको काम पनि शुरु भइसकेको छ ।

 जिल्लाको तल्लोस्वराड क्षेत्रलाई विद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पु¥याउन सवस्टेशन निर्माण र लाइन विस्तारको काम शुरु भएको हो । 
यस्तै नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले पनि मेलौलीको सलेनासम्म यो वर्ष विद्युत् बाल्ने हिसाबले काम गरिरहेको विद्युत् प्राधिकरणका सुपरभाइजर माधवप्रसाद लेखकले जानकारी दिए  ।

विहीबार, ०८ फागुन २०७६, ०७ : ४८

प्रतिक्रिया