ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय निरन्तर रूपमा बढ्दै गएको सुनको मुल्य अहिले घट्न थालेको छ । यसै शिलशिलामा साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य तोलामा १२०० रुपैयाँले घटेको छ । 
शुक्रबार सुनको मुल्य प्रतितोला ७९ हजार २०० थियो । आज त्यो घटेर रू. ७८ हजारमा सिमित भएको छ । यसैगरि तेजावी सुनको मुल्य प्रतितोला ७७ हजार ७०० रहेको छ । 
यस्तै, चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला रू. ८८० रहेको थियो । आज त्यो घटेर ८६० मा सिमित भएको छ । 

पछिल्लो समय कोरोना भाइरसको कारण सुनको मुल्य बढेको थियो । त्यसभन्दा पहिला अमेरिका र चीनको व्यापार युद्ध, इरान र अमेरिका बीचको तनावका कारण पनि सुनको मुल्य बढेको थियो । सामान्य अवस्थामा सुनको मुल्य प्रतितोला रु. ६० हजारको हारहारीमा थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया