दरौदी कालिकामा डुबेपछि कालिा पावरले भोटेकोशी पाँच बनाउँदै

आइतबार, १८ फागुन २०७६, १२ : २९

काठमाडौं । कालिका इनर्जी कम्पनीले ६२ मेगावाटको भोटेकोसी पाँचौ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । 

कम्पनीले आगामी  ४ वर्षभित्र विद्युत उत्पादन गर्ने गरी सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा आयोजना निर्माण गर्न लागेको जनाएको छ । कूल ६ मेगावाट क्षमताको दरौदी कालिका आयोजनामा डुबेको कालीकाले अर्को ठूलो  हो ।

अध्ययन पूरा भएको आयोजनाको वित्तीय स्रोत व्यवस्थापन गरी संरचना निर्माणको काम सुरु गरिने भएको छ । कम्पनीले आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीको नाममा अनुमतिपत्र जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले विद्युत ऐन, २०४९ को दफा ४ तथा विद्युत नियमावली २०५० को नियम १५ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरी सरोकारवालासँग राय तथा सुझाव मागेको छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ३६२.८० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

मध्यभोटेकोसीको विद्युतगृहभन्दा तलबाट आयोजनाको संरचना सुरु हुनेछ । भोटेकोसीको पानी विद्युतगृहमा खसाल्न ७.४५८ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ । विद्युत उत्पादन गर्न विद्युतगृहमा ३१.२५ मेगावाटका २ वटा युनिट राखिनेछ ।

विद्युत उत्पादनपछि विद्युतगृहबाट निस्कने पानी सुनकोसी नदीमा खसाल्न ७० मिटर लामो निकास कल्भर्ट निर्माण गरिनेछ । आयोजनाबाट २०८० साल पुस १५ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ ।

आयोजनाबाट उत्पादित विद्युत ४ किलोमिटर टाढाको २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा लगेर जोडिनेछ ।

आइतबार, १८ फागुन २०७६, १२ : २९

प्रतिक्रिया