पेट्रोलियम पदार्थमा करबृद्धि बारे जानकारी गराउन सरकारलाइ सभामुखकाे निर्देशन

४ बर्ष अगाडि

पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसदहरुले करबृद्धिको बिरोध गरेपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।

आजको बैठक शुरु हुनेबित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए।

सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिईन् ।

“सरकार र आयल निगमले आआफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन्”, उनले भनिन्, “संसद्लाई सरकारले छलेको छ । करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास भए पनि सरकारले कर बढाएको छ ।”

गिरीले मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेकी थिइन् । “सरकारको कर प्रणालीका कारण जनतालाई सास्ती भएको छ, जनतालाई ८५ प्रतिशत करको भार परेको छ, यो संसारमा कहीँ पनि छैन, दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्छ ।”

सांसद गिरीले यस विषयमा आइतबारको बैठकमा समेत उठाएको जानकारी दिँदै सभामुखमार्फत सरकारलाई निर्देशन गर्न आग्रह गरेकी थिईन् ।

त्यसपछि सभामुख महराले सरकारलाई यसबारे जानकारी गराउन निर्देशन दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया