गोर्खा चाइनिज इटामाथि अनुसन्धान, गुणस्तर पहिलो श्रेणीमा

४ बर्ष अगाडि

गोर्खा चाइनिज इटाको गुणस्तर विश्वव्यापी पहिलो श्रेणीको मापदण्ड अनुसार रहेको फेला परेको छ । 

ख्वप कलेज अफ इन्जिनियरिङमा अध्यापनरत सिभिल इन्जिनियरिङ विभागका प्राध्यापकहरुको समूहले गरेको अध्ययन अनुसार यस्तो तथ्य फेला परेको हो । 

कलेजका इन्जिनियर नविन भुजू, विभू थापामगर, युगेश गैंडा, रामेश्वर श्रेष्ठ र प्रिया पञ्चको समूहले इटाको विभिन्न पक्षमा अनुसन्धान तथा परीक्षण गरेको नतिजा जर्नलमा प्रकाशित भएको छ। 

नतिजा अनुसार इटाको औसत कम्प्रेसिभ स्ट्रेन्थ १२ दशमलब ९१ एमपीए र पानी सोस्ने क्षमता १७ प्रतिशत भन्दा कम रहेको देखाएको छ । नतिजा अनुसार यो इटामा स्थानीय बजारमा उपलव्ध  हुने इटामा भन्दा वढी कम्प्रेसिभ स्ट्रेन्थ र कमै मात्र पानी सोस्ने क्षमता रहेको छ । 

अमेरिकन सोसाइटी फर टेष्टिङ एण्ड मेटेरिल्यस् र इन्डियन स्ट्यान्डर्स्लाई आधार मानी परीक्षण गरिएको जनाइएको छ । अध्ययन अनुसार इटाको लम्वाईमा ६ एमएम, चौडाईमा चार एमएम र मोटाईमा दुई एमएम भेरिएसन रहेको उल्लेख छ । 

अनुसन्धानको मुख्य उद्देश्य कम्प्रेसिभ स्ट्रेन्थ, मोडुलस् अफ इलास्टिसिटी, मोडुलस अफ रिजिडिटी र पानी सोसाईबारे परीक्षण रहेको जनाइएको छ ।   

गोर्खा चाइनिज इटाका प्रमुख कार्यकारी अधिकृत कृष्णराम देउपालाले इटाको गुणस्तरलाई कायम राख्न समयसमयमा विभिन्न टेष्ट ल्यावहरुमा टेष्ट गराउँंदै आएको बताए । साथै विभिन्न अनुसन्धानकर्ताहरुलाई अनुसन्धानका लागि अनुमति दिंदै आएको पनि उनले बताए । उनले अनुसन्धानको मुख्य उद्देश्य भनेकै यथासम्भब इटाको गुणस्तर बृद्धि गर्ने रहेको बताए । 

यो इटा बजारमा पठाउनु अघि कारखानामा रहेको आफनै ल्याबमा परीक्षण पश्चात मात्रै बजारमा पठाउने उनले बताए । उनले अहिलेको आफूहरुको प्राथमिकता भनेको ग्राहक सन्तुष्टी रहेको जनाउँंदै गोर्खा चाइनिज इटाको प्रयोग गर्दा क्वालिटी र क्वान्टिटीमा ढुक्क रहन अनुरोध गरे । 

गोर्खा चाइनिज इटाको उद्योग बनेपाको बासडोलमा रहेको छ । यसले मंसिर महिनादेखि इटा उत्पादन थालेको थियो ।

यो टनेल क्लिन प्रविधिबाट उत्पादन हुने वातावरणमैत्री उद्योग हो । यसले १२ है महिना इटा उत्पादन गर्छ ।

यो इटाको लम्वाई साढे नौ इन्च, चौडाई साढे चार इन्च र मोटाई सवा दुई इन्च रहने भएकोले औसतमा बजारमा पाइने तराई इटाभन्दा यसको आयातन (लम्वाई, चौडाई र मोटाई) बढी हुने जनाइएको छ । यो इटाको सतह सम्म मिल्ने भएकोले यसलाई फेस वालको रुपमा पनि प्रयोग गर्न सकिने जनाइएको छ ।

यसको लम्वाई र चौडाईमा भेरिएसन धेरै नै कम हुने भएकाले इटाको गारो लाउँंदा र प्लाष्टर गर्दा औसतमा क्रमशः २० वीस प्रतिशत सिमेन्ट मोर्टार कम लाग्ने कम्पनीको दावी छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया