सुनको मुल्यमा इतिहासकै नयाँ रेर्कड: एकै दिन २२ सयले बढ्यो

४ बर्ष अगाडि

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ।

गत फागुन १२ गते ८० हजार ३०० पुगेर नयाँ कीर्तिमान बनाएको सुनको मुल्य त्यस पछिका दिनमा भने घटबढ हुनेक्रम जारी रह्यो ।

तर आज बुधवार सुनको मुल्यले अर्काै  नयाँ रेर्कड कायम गरेको छ  ।सुन प्रतितोला एकै दिन २२ सयले बढेको छ । हिजो मङगलवार ७८ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज ८० हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

त्यस्त, आज तेजावी सुनको मुल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको  छ ।

भने चाँदी मंगलवारको तुलनामा २०  रुपैयाले बढेर प्रतितोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया