काठमाडौंमा मास्क पाईन छोड्यो, सर्वसाधारणको स्वास्थ्य जोखिममा

४ बर्ष अगाडि

यस अघि हिड्ने बाटो देखि लिएर पसल–पसलमा सहजै उपलब्ध हुने मास्कको आज भोली काडमाडौंमा संकट भएको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलेसगैँ उक्त भाइरसको संक्रमणबाट जोगिन्न मुख्य आवश्यक्ताको रुपमा रहेको मास्क बजारमा उपलब्ध हुन छोडेको हो ।

पहिला मेडिकल तथा सर्जिकल स्टोरहरूमा सजिलै भेटिने मास्क आजभोली की पाइदैन पाइएपनि केहि साता अघि  १० रूपैयाँमा आउने  युज एण्ड थ्रो मास्क अहिले  प्रतिगोटा ३० देखि ४० रुपैयाँ पर्न थालेको छ ।बजारमा मास्कको संकट हुने देखेपछि  ब्यापारीहरुले ठूलो संख्यामा मास्क लुकाइरहेको सर्वसाधारणहरुले आरोप समेत लगाएका छन् ।

उता खुद«ा ब्यापारीहरुले भने  होलसेल पसलहरुबाट महङगो मूल्य हालेर मास्क खरिद गर्नु पर्ने भएकाले प्रतिगोटा मास्कको मूल्य बढे्को बताएका छन् ।

मास्कको कालोबजारी बढिरहँदा सरकारवाला निकायले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ । त्यसमा पनि नेपालबाट फर्किएका स्पेनी नागरीकको कोरोना भाइरसका कारण मृत्यु भएको समाचार आएको छ । 

जसले गर्दा नेपाल कोरोना भाइरसको झनै उच्च जोखिममा रहेको बुझ्न सकिन्छ । संक्रमणबाट बच्न प्राथमिक रुपमा प्रयोग गरिने मास्ककै अभाव भएपछि नेपालमा कोरोनाको जोखिम झन बढ्ने देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया