माओवादीबाट थापाको नेतृत्व ?

६ बर्ष अगाडि

काठमाडौँ- नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व पार्टी वरिष्ठ नेता रामबहादुर थापाले गर्ने भएका छन् । बुधबार (आज) पार्टी विस्तारित सचिवालय सदस्यको बैठकले सरकारमा सहभागिता जनाउने मन्त्रीहरू तथा नेतृत्वको टुंगो लगाउँदै छ ।


माओवादी एक सचिवालय सदस्यका अनुसार थापाको नेतृत्वमा सरकारमा पठाउनेगरी छलफल भइरहेको छ । पार्टी अध्यक्षपछि संसद्मा थापा दोस्रो वरीयतामा रहेकाले उनकै नेतृत्वमा सरकारमा पठाउने तयारी माओवादीले गरेको हो ।
 थापा राष्ट्रिय सभाबाट निर्वाचित सांसद हुन् । संविधानमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनका सदस्य मन्त्री हुन पाउने प्रावधान छ । उनी पूर्व रक्षामन्त्रीसमेत हुन् । पार्टी प्रवक्ता पम्फा भुसालले भने अहिलेसम्म कसको नेतृत्वमा र क–कसलाई पठाउने भन्ने निर्णय नभएको र बैठकमा छलफल गरेर टुंगो लगाइने बताइन्, राजधानी दैनिकमा खबर छ  । 

६ बर्ष अगाडि

प्रतिक्रिया