दरौंदी नदीमा ५० मेगावाटका पाँच आयोजना बन्दै

विहीबार, २९ फागुन २०७६, ११ : ५२

काठमाडौं । दरौंदी नदीमा  ५० मेगावाटका जलविद्युत आयोजना निर्माण हुने भएका छन् । विद्युत विकास विभागले ती आयोजनाका लागि अनुमतिपत्र दिएको छ । ती आयोजनमा अधिकाशं निजी क्षेत्रका आयोजना छन् ।

नदी गोरखा र लमजुङ भएर बग्ने गरेका छन् ।

सो नदीमा निर्माण हुने १० मेगावाटका २  आयोजना छन् । ती आयोजना दरौंदी–१ र मध्य दरौंदी हुन् । डाइमण्ड हाइड्रो पावर र बारपाक दरौंदी हाइड्रो पावर कम्पनीले यी आयोजना अघि बढाएका छन् ।

दरौंदी–१ आयोजना अहिले निर्माणाधीन छ । विभागले  २०७३ जेठमा यो आयोजनाको उत्पादन अनुमतिपत्र दिएको  थियो । मध्यसुपर दरौंदीको अध्ययन पूरा भएको छ । सम्वद्ध  कम्पनीले उत्पादन अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको छ ।

यस्तै, ९.२ मेगावाटको माथिल्लो दरौंदी ग्रीन गोरखा इनर्जी कम्पनीले अघि बढाउँदैछ । कम्पनीले आयोजनाको उत्पादन अनुमितपत्रका लागि विभागमा आवेदन दिएको छ ।

९.८२ मेगावाट अप्पर दरौंदी ‘सी’ र ८.३ मेगावाटको दरौंदी ‘बी’ जलविद्युत आयोजना पनि दरौंदी बेसिनमा निर्माण हुने आयोजना हुन् ।  अहिले यी आयोजना अध्ययनको क्रममा छन् । यी आयोजना कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गर्न लागेको हो ।

नदीमा कालिका पावर कम्पनीले निर्माण गरेको ६ मेगावाटको माथिल्लो दरौंदी आयोजना सञ्चालनमा छ । यो आयोजनाले ६ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ ।


 

विहीबार, २९ फागुन २०७६, ११ : ५२

प्रतिक्रिया